Monday, September 3, 2018

लेखक/साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधि - २०७५ पारित ।










--------------------------------------------------------------------------------------

विभिन्न संचार माध्यमबाट -
साहित्यकारलाई परिचयपत्र




कान्तिपुर दैनिक, वर्ष-२४, अंक -३३६, २०७३ माघ १२ गते बुधबार

==========================================

साहित्यकारलाई परिचयपत्र 




====================================

लेख

अब लेखकलाई पनि परिचयपत्र
विवश वस्ती


नेपाल प्रज्ञा–प्रतिष्ठानलाई बक्रदृष्टिले हेर्नेहरूका जमात नरहेको होइन । नेपाली भाषा, साहित्यको सेवा र श्रीवृद्धिका निम्ति स्थापित प्रज्ञा–प्रतिष्ठान सिंगो पञ्चायतकालभरि दरबारका भाट र स्तुति–लेखकहरूको अखडा बनेको यथार्थ रहँदारहँदै बहुदल र गणतन्त्र आएपछि सत्तारूढ दलहरूसँग निकट रहेका सर्जकहरूको अखडा बन्नबाट जोगिन सकेन । अरू क्षेत्रमा जस्तै प्रज्ञा–प्रतिष्ठानमा पनि राजनीतिक भागबन्डाका आधारमा प्राज्ञहरू नियुक्त हुने चलन नै बसिसक्यो । अझ, राजनीतिक भागबन्डाकै आधारमा गठन भएका सोही प्रकृतिका अरू दुई प्रज्ञा–प्रतिष्ठानमध्ये नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा त यतिबेला चरम विवाद उत्पन्न भएको छ । सो प्रज्ञा–प्रतिष्ठानका प्राज्ञहरू दुई कित्तामा विभाजित भएर एकअर्काप्रति दोषारोषण गर्ने कार्यलाई मलजल गरिरहेका छन् ।

करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाल प्रज्ञा–प्रतिष्ठानप्रति भने निजी प्रयत्नबाट स्थापित अरू साहित्यिक संघ÷संस्थाहरूले बेलाबखत असन्तुष्टि व्यक्त गर्ने गरेका छन् । राज्यको ढुकुटी खन्याउँदा पनि प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य र सिंगो वाङ्मयको क्षेत्रमा आशातीत कार्य गर्न सकेन भन्ने गुनासो बेलाबखत उठ्ने गर्दछ । यो स्वाभाविक पनि हो । सीमित बजेटबाट चल्दै आइरहेको प्रज्ञा–प्रतिष्ठानले असल र कामकाजी नेतृत्व पाउँदा नेपाली वाङ्मयलाई चुल्याउने केही उत्कृष्ट र सम्झनलायक कामहरू भने नगरेको होइन । तर, कहिलेकाही निजी साहित्यिक संस्थाहरूले नेपाली भाषा–साहित्यको विकास र स्तरवृद्धिमा अब्बल काम गर्दा भने प्रज्ञा–प्रतिष्ठान किन सेलाइरहेको छ भन्ने प्रश्नचाहिँ निश्चित रूपमा उठ्ने गर्दो रहेछ ।

प्रज्ञा–प्रतिष्ठानप्रति भाषा, साहित्यका सेवकहरूले बेलाबेलामा गुनासाका चाङहरू लगाउने गरे पनि अहिले भने प्रज्ञा–प्रतिष्ठानले एउटा प्रशंसनीय कार्य गर्न तत्परता देखाएको छ । त्यो हो, साहित्यकार परिचय–पत्र लागू गर्ने तयारी, जसका निम्ति प्रज्ञा–प्रतिष्ठानले एउटा कार्यविधि नै तयार पारेर अहिले सुझाव बटुल्ने क्रममा रहेको छ । सम्भवतः केही वर्षभित्र नै साहित्य साधनामा निरन्तर लागिरहेका स्रष्टाहरूलाई राज्यले साहित्यकारको परिचय–पत्र उपलब्ध गराउनुका साथै राज्यबाट सेवा–सुविधासमेत प्राप्त हुने अपेक्षा सँगाल्न सकिन्छ ।

कार्यविधिमा स्पष्ट रूपमा लेखिएको छ, ‘साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन् । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगत्लाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् । यसर्थ, नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रलगायतका क्षेत्रका लेखक, साहित्यकार, अनुसन्धानकर्ताहरूलाई उनीहरूले तत्तत् क्षेत्रमा रहेर राष्ट्रलाई पु¥याएकोे योगदानको समुचित कदर गर्न यस्ता साहित्यकार तथा स्रष्टाहरूलाई परिचय–पत्र प्रदान गरी सम्मान गर्न वाञ्छनीय देखिएकाले नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषी लेखक तथा साहित्यकारहरूमा समेत यो कार्यविधि लागू हुने गरी नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली २०६७ को परिच्छेद १२ को नियम दफा ५५ अनुसार साहित्यकार परिचय–पत्र वितरणसम्बन्धी कार्यविधि २०७३ बनाइएको छ ।’ प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिले अहिले यो कामलाई तीव्रता दिइरहेको छ ।

लेखक–साहित्यकारहरूलाई परिचय–पत्र दिलाउनुका उद्देश्यहरूमा क्रमशः भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रमार्फत राष्ट्रमा पु¥याएको योगदानको कदरस्वरूप साहित्यकार परिचयपत्र वितरण गर्न, भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिक शास्त्र लेखन तथा अनुसन्धानमार्फत समाज, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा देशको पहिचान गराएबापत कदर गर्ने, भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र दर्शन क्षेत्रमा पु¥याएका योगदानको कदर गर्नका लागि राज्यका तर्फबाट सम्मान एवं सुविधा उपलब्ध गराउन सिफारिस गर्ने, लेखक र साहित्यकारहरूको विवरण अद्यावधिक गर्ने, सिफारिस समितिको सिफारिसका आधारमा साहित्यकारहरूको श्रेणी वर्गीकरणसहित परिचयपत्र जारी गर्ने र नवीकरण गर्ने, समितिको कामकारबाहीप्रति उल्लिखित क्षेत्रका लेखक साहित्यकार तथा अनुसन्धानकर्ताबाट आएका गुनासो सुन्ने, परिचय–पत्रको दुरुपयोग भएको पाइए जाँचबुझ गरी त्यस्तो परिचय–पत्र खारेज गर्ने, परिचय–पत्र प्राप्त साहित्यकारहरूलाई बिरामी भएमा औषधोपचार तथा राज्यका विभिन्न निकायहरूबाट प्राप्त हुन सक्ने सहुलियत सुविधा तथा राष्ट्रिय सम्मानको लागि सिफारिस गर्ने र परिचयपत्र प्राप्त साहित्यकारहरूलाई मरणोपरान्त राष्ट्रिय सम्मानका लागि मन्त्रालयसमक्ष सिफारिस गर्ने उद्देश्य सँगालिएका छन् ।

सो परिचयपत्र दुई श्रेणीमा विभाजित गर्ने जनाइएको छ । जसमा, भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनहरूमध्ये कुनै एक विधामा लेखक साहित्यकारहरूले कम्तीमा ४० वर्ष निरन्तर रूपमा साधना गरेको वा ६० वर्ष उमेर पुगेकाको हकमा विशिष्ट स्रष्टाका रूपमा परिचय–पत्र प्रदान गरिने जनाइएको छ भने ४० वर्षभन्दा कम र कम्तीमा २५ वर्ष साधनारत लेखक साहित्यकारहरूलाई लेखक÷साहित्यकारका रूपमा परिचय–पत्र प्रदान गरिने पनि जनाइएको छ ।

अहिले पनि प्रज्ञा–प्रतिष्ठानका पहलमा अघिल्लो पुस्ताका केही स्रष्टाहरूले राज्यबाट सुविधा पाउँदै आएका छन् । खासगरी, लामो समयसम्म साधनारत रहेका स्रष्टाहरूले राज्यबाटै मासिक रूपमा आर्थिक सहायता पाउँदै आएका छन् । तर, प्रज्ञा–प्रतिष्ठानको पहलमा लेखक र साहित्यकारहरूले परिचय–पत्र पाएपछि राज्यलाई आर्थिक भार पर्ने गरी सेवा–सुविधा उपलब्ध गराउन दबाब दिनु उचित नहोला । तर, आर्थिक रूपले संकटमा परेका वा उपचार गर्न नसक्ने हैसियतमा रहेका लेखक तथा साहित्यकारहरूका निम्ति भने राज्यले नजर लगाउने परिस्थिति भने परिचय–पत्र प्राप्त स्रष्टाहरूका हकमा भने बनाउनु उपयुक्त हुने देखिन्छ । त्यसो हुँदा मात्र लेखक–साहित्यकार परिचय–पत्रले अर्थबोध प्राप्त गर्ने अपेक्षा राख्न सकिन्छ ।

http://ebudhabar.com बाट साभार 

============================================


लेखक-साहित्यकारलाई परिचयपत्र वितरणको तयारी
२०७१ कार्तिक १५ गते


१५ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक-साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।



मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।



छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था छ ।


समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लान बताए ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ । रासस


www.onlinekhabar.com

==============================================



लेखकसाहित्यकारलाई परिचयपत्र वितरणको तयारी






काठमाडौं, १५ कात्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।



प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।



छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए ।

राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए ।

समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राखे ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ ।

प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताउँदै भने, ‘तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।’

उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।



www.nepalikonews.com


================================================

लेखकसाहित्यकारलाई परिचयपत्र वितरणको तयारी 


युगबोध समाचारदाता 


काठमाडौर्१६ कार्तिक। नेपाल प्रज्ञा प्रतिष्ठानले लेखकसाहित्यकारहरुलाई परिचयपत्र प्रदान गर्ने तयारी गरको छ। मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरको हो  


कार्तिक १३ गते बसेको प्रतिष्ठानको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ। छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो  


समितिका संयोजक पोखरलले सरकारवाला संस्था र व्यक्तिसग छलफल गर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारमा सरकारलाई सिफारिस गर्ने बताउनुभयो  । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायातस्वास्थ्यघरजग्गा करजस्ता विषयमा छुट दिन सक्ने। कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ


अन्तरर्ाष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो  । समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको संज्ञा दिदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राख्नुभयो  


अन्तरर्ाष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ। प्राज्ञ पोखरलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नुपर्दैन भन्ने सुझावमा आफूहरू सोहीअनुसार अघिबढ्ने बताउदै भन्नुभयो– ‘तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन’ उहाले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो  

wwwnayayougbodh.com

========================================================



काठमाडौ कात्तिक १५, नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि छिमेकी मुलुक भारत र चीनमा जस्तै परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो । प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको बुझिएको छ।

wwwkantipurhotline.com


=============================================


कसले पाउँदैछन लेखकसाहित्यकार राष्ट्रिय पुरस्कार ?

नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।

प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ । छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ । कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने बताए । समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क गरे ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ । प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताए । उनले भने “तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।”

उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।

www./nepalpati.com


=============================================




साहित्यकारलाई परिचयपत्र


काठमाडौं : चलचित्र कलाकारलाई परिपत्र दिइने चर्चा सेलाउन नपाउँदै लेखक साहित्यकारलाई पनि परिचयपत्र दिन एक अध्ययन कार्यदल गठन गरिएको छ। बिहीबार बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद्को बैठकले ‘लेखक परिचयपत्र वितरण समिति’ गठन गरेको हो।

प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिमा प्राज्ञ नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेका छन्। समितिले डेढ महिनामित्र सुझाव प्रस्तुत गर्ने संयोजक पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए। ‘परिचयपत्र कार्यान्वयनका लागि त एक डेढ वर्ष लाग्ला’, उनले भने।

खासगरी भारत भ्रमणका समयमा प्राज्ञले त्यहाँको केन्द्रीय र राज्यस्तरीय प्रतिष्ठानले लेखक, साहित्यकारलाई परिचयपत्र दिएको अनुभवका आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि त्यसअनुसार काम गर्ने अवधारणा ल्याएको उनले बताए। ‘मलाई कथाकार भन्छन्, त्यो त साथीहरूले कथा लेखेको आधारमा भनेका हुन्’, गद्य विभाग प्रमुखसमेत रहेका पोखरेलले भने, ‘तर सरकारी रुपमा स्रष्टाको पहिचान खोइ त?’

पोखरेलका अनुसार यसका लागि सबभन्दा पहिले विभिन्न साहित्यिक संस्थासँग सुझाव लिइने, विदेशका विभिन्‍न अनुभवको अध्ययन गरी आवश्यक सुझाव दिइनेछ। सुझावका आधारमा परिचयपत्र वितरणको आधार तय हुने विश्वास गरिएको छ। परिचयपत्र हुँदा साहित्यकारलाई के फाइदा हुन्छ त?

उनले भने, ‘परिचयपत्रका आधारमा भारतका लेखक साहित्यकार अस्पताल तथा रेलमा सुविधाका लागि दाबी गरेको पाइएको छ। फेरि लेखक साहित्यकार भनेर राज्यले पनि त चिन्‍नु पर्‍यो नि!’


================================================

साहित्यकारलाई परिचयपत्र

·          


काठमाडौं : चलचित्र कलाकारलाई परिपत्र दिइने चर्चा सेलाउन नपाउँदै लेखक साहित्यकारलाई पनि परिचयपत्र दिन एक अध्ययन कार्यदल गठन गरिएको छ। बिहीबार बसेको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद्को बैठकले ‘लेखक परिचयपत्र वितरण समिति’ गठन गरेको हो।


प्राज्ञ मातृका पोखरेलको संयोजकत्वमा गठित समितिमा प्राज्ञ नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेका छन्। समितिले डेढ महिनामित्र सुझाव प्रस्तुत गर्ने संयोजक पोखरेलले अन्नपूर्ण पोस्ट्लाई बताए। ‘परिचयपत्र कार्यान्वयनका लागि त एक डेढ वर्ष लाग्ला’, उनले भने।


खासगरी भारत भ्रमणका समयमा प्राज्ञले त्यहाँको केन्द्रीय र राज्यस्तरीय प्रतिष्ठानले लेखक, साहित्यकारलाई परिचयपत्र दिएको अनुभवका आधारमा नेपाल प्रज्ञा प्रतिष्ठानले पनि त्यसअनुसार काम गर्ने अवधारणा ल्याएको उनले बताए। ‘मलाई कथाकार भन्छन्, त्यो त साथीहरूले कथा लेखेको आधारमा भनेका हुन्’, गद्य विभाग प्रमुखसमेत रहेका पोखरेलले भने, ‘तर सरकारी रुपमा स्रष्टाको पहिचान खोइ त?’


पोखरेलका अनुसार यसका लागि सबभन्दा पहिले विभिन्न साहित्यिक संस्थासँग सुझाव लिइने, विदेशका विभिन्‍न अनुभवको अध्ययन गरी आवश्यक सुझाव दिइनेछ। सुझावका आधारमा परिचयपत्र वितरणको आधार तय हुने विश्वास गरिएको छ। परिचयपत्र हुँदा साहित्यकारलाई के फाइदा हुन्छ त?


उनले भने, ‘परिचयपत्रका आधारमा भारतका लेखक साहित्यकार अस्पताल तथा रेलमा सुविधाका लागि दाबी गरेको पाइएको छ। फेरि लेखक साहित्यकार भनेर राज्यले पनि त चिन्‍नु पर्‍यो नि!’




====================================================


लेखक–साहित्यकारहरूको आधार के?

– दीर्घलाल केसी 

नेपालमा शिक्षक, चिकित्सक, सेना, सिपाहीं र कर्मचारीको तथ्याङ्क हुनुपर्छ। उनीहरूको तथ्याङ्कझैं लेखक र साहित्यकारहरूको तथ्याङ्क बनाउनु नराम्रो होइन। कहिलेकाहीं सरकारसँग देशमा कति मजदुर र किसान छन् त्यसको सङ्ख्या नै नभएको लाजमर्दो कुरा सुन्नुपर्छ। राज्यसँग हरेकको तथ्याङ्क हुनुपर्छ, बनाउनुपर्छ। कुनै तथ्याङ्कले कुन देश कहाँ छ, कहाँ पुग्यो भन्ने थाहा हुन्छ। देशमा कति वैज्ञानिक छन्, वैज्ञानिकहरू के गरिरहेका छन्, सरकारले वैज्ञानिकहरूलाई कसरी उपयोग गरिरहेको छ, वैज्ञानिकहरू विज्ञानको खोजीमा या नयाँ नयाँ कुरा पत्ता लगाउन, आविष्कार गर्न खटेका छन् कि छैनन्? चिन्तनमनन गर्नुपर्ने हो। 

नेपाल विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि छ। विज्ञान र प्रविधिमा पछि पर्नु नेपालको विकास पछि पर्नु हो। वैज्ञानिक र प्राविधिज्ञबारे नेपाल सरकारलाई चासो छैन, थाहा छैन भने उनीहरूको उपयोग भइरहेको छ भन्ने कुरा कसरी विश्वास गर्ने? तथ्याङ्क भएर पनि उपयोग गरिंदैन भने सरकारको के मतलब ! सरकार भनेको मन्त्री र प्रधानमन्त्री सिंहासनमा बस्नु होइन। नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक – साहित्यकारलाई परिचय प्रदान गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय परिचयपत्र तयार गर्न मातृका पोखरेलको संयोजकत्वमा नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको तीन सदस्यीय समिति गठन गरिएको छ। भारत र चीनमा लेखक–साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचय पत्र प्रदान गरिएको हुँदा नेपालमा पनि सोकेा व्यवस्था गर्न लागेको नेपाल प्रज्ञा प्रतिष्ठानको दाबी छ। 

लेखक–साहित्यकारहरूको तथ्याङ्क सङ्कलन गर्नु राम्रो जस्तो हुन्छ तर कसरी गर्ने, के को आधारमा लेखक–साहित्यकार मान्ने? कुनै कवि, कथाकार, निबन्धकार, नाटककारले कृति प्रकाशन गरेपछि मात्रै साहित्यकार हुने हो कि ! अनुवाद गर्ने, समालोचना गर्ने, अनुवादक र समालोचकहरूले पनि कृति नै निकाल्नुपर्ने हो कि ! लेखकको मापदण्ड के हुने? निरन्तर कथा, कविता, निबन्ध, नाटक लेखिरहने, समालोचना, अनुवाद गरिरहने, अनेक साहित्यिक र अन्य नाउँमा लेख लेखिरहने व्यक्तिहरू लेखक साहित्यकारमा गनिन्छ कि गनिंदैन? राज्यले पनि लेखक–साहित्यहरूलाई खासै सम्मान गरेको पाउँदैन। कति लेखक–साहित्यकारले आर्थिक समस्याको कारण रचिसकेका साहित्यहरूको निकाल्न सकेका छैनन्। प्रज्ञा प्रतिष्ठानले लिने लेखक–साहित्यकारहरूको तथ्याङ्क के सही होला? के देशभरका लेखक र साहित्यकारहरूको नाम सङ्कलन गरिएला? लेखक र साहित्यकारहरूको मापदण्ड केलाई मान्ने? मापदण्ड तयार नहुँदै सङ्कलन गरिएको लेखक–साहित्यकारहरूको सही नाउँ आउला?





=========================================================



लेखक–साहित्यकारलाई परिचयपत्र वितरणको तयारी




मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।काठमाण्डु, १५ कात्तिक – नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ ।प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए ।राज्यले साहित्यकारलाई परिचयपत्रका आधारमा यातायात, स्वास्थ्य, घरजग्गा करजस्ता विषयमा छुट दिन सक्नेछ ।


कतिपय मुलुकको यस्तो व्यवस्था रहेको पाइन्छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको सो निर्णय स्वागतयोग्य भएको भन्दै यस कार्यले लेखकहरू प्रज्ञा प्रतिष्ठानप्रति उदासिन रहेको अवस्थामा यसले सकारात्मक परिवर्तन ल्याउने जानकारी दिए ।समालोचक तथा अनुवादक युयुत्सु आरडी शर्माले भने प्रतिष्ठानको सो निर्णयलाई अर्थहीन कार्यको सङ्ज्ञा दिँदै यसले साहित्यलाई पञ्जीकरण र कारिन्दागिरीमा लाने तर्क राखे ।अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका महासचिव घनेन्द्र ओझाका विचारमा स्रष्टालाई परिचयपत्र दिनु नराम्रो होइन तर त्यसको प्रयोजन स्पष्ट हुनुपर्छ ।प्राज्ञ पोखरेलले भने स्रष्टाहरूले त्यस्तो व्यवस्था गर्नु पर्दैन भन्ने सुझावमा आफूहरु सोहीअनुसार अघिबढ्ने बताउँदै भने, “तर केही व्यक्ति विशेषको पूर्वाग्रह वा आग्रहका आधारमा हामीले निर्णय गर्ने होइन ।”उनले विस्तृत छलफल र अध्ययनपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।यसैबीच, प्रतिष्ठानको नवगठित नेतृत्वले भोलि आइतबार २९औँ प्राज्ञसभा बैठक गरी कार्ययोजना प्रस्तुत गर्दैछ । सभाको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने कार्यक्रम छ ।

रासस

www/kathmandutoday.com

No comments:

Post a Comment