Friday, October 9, 2015

वरिष्ठ आख्यानकार डायमन शमशेर राणाको ९८ औं जन्म जयन्ती सम्पन्न

२०७२ साल असोज २२ गते नेपाल प्रज्ञा - प्रतिष्ठान र डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठानको संयुक्त आयोजनामा वरिष्ठ आख्यानकार डायमन शमशेर राणाको ९८ औं जन्म जयन्तीका अवशरमा डायमन शमशेर राणाको आख्यानकारिता विषयक छलफल तथा डायमन प्रतिभा पुरष्कार वितरण एवं सम्मान समारोहको कार्यक्रम सम्पन्न भयो । डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठानका अध्यक्ष ऋषीराम पाण्डेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमूख आतिथ्यता नेपाल प्रज्ञा - प्रतिष्ठानका उप-कुलपति विष्णुविभु घिमिरेले गर्नु भएको थियो । डायमन शमशेर राणाका सुपुत्र एवं डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठानका संरक्षक रघु शमशेर राणाले उपस्थित अतिथि एवं सहभागीहरुलाई स्वागत मन्तव्य पश्चात वरिष्ठ चलचित्रकर्मी निरविक्रम साहलाई डायमन प्रतिभा पुरष्कार -२०७१ बाट नेपाल प्रज्ञा - प्रतिष्ठानका उप-कुलपति तथा कार्यक्रमका प्रमूख अतिथी विष्णुविभु घिमिरेले सम्मानित गर्नुभयो । वरिष्ठ साहित्यकार ड़ा. तुलसीप्रसाद भट्टराई, पुरष्कार छनोट समितिका संयोजक प्रा. ड़ा. गोविन्दराज भट्टराई, कार्यक्रमका संयोजक नेपाल प्रज्ञा - प्रतिष्ठान गध्य / आख्यान विभागका प्रमुख प्राज्ञ मातृका पोखरेलले कार्यक्रममा मन्तव्य व्यक्त गर्नु भएको थियो । डायमन शमशेर राणा साहित्यिक प्रतिष्ठानका सचिव हेमाङ्गराज गिरीले धन्यवाद ज्ञापन गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा - प्रतिष्ठानका सदस्य-सचिब प्राज्ञ जीवेन्द्रदेव गिरी , प्राज्ञ हेमाङ्गराज अधिकारी , प्राज्ञ नर्मदेश्वरी सत्यालको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन साहित्यकार सन्ध्या पहाडीले गर्नु भएको थियो ।





























































































No comments:

Post a Comment