Tuesday, December 1, 2015

प्रज्ञा आधुनिक नेपाली कथा : भाग – ३ प्रकाशित



यस संग्रहभित्र :- 

-  यो भन्दा पहिले प्रकाशित भाग १ र २ मा समावेश नभएका तर प्रवृत्तिगत पहिचान बनाएका कथाकार मात्र चयन गरिएको छ ।

- २०४० को दशकभन्दा पहिलेदेखि कथा लेख्न सुरू गरेर स्थापित भएका कथाकारलाई मात्र चयन गरिएको छ ।

- अरू विभिन्न विधामा कलम चलाए पनि कथामा मूलप्रवृत्ति बनाएका कथाकारलाई चयन गरिएको छ ।

- कथाकारका मूलप्रवृत्ति र धारलाई प्रतिनिधित्व गर्ने कथाको चयन गरिएको छ ।

- २०४० को दशकभन्दा पहिले कथा लेख्न सुरू गरी स्थापित भएका र सकेसम्म सबै धार र प्रवृत्तिका कथाकार र कथालाई समावेश गर्ने प्रयास गरिएको छ ।

- युगबोध, वर्तमानबोध, राष्ट्रिय चेतना, सांस्कृतिक चेतना एवम् नेपाली जीवन र समाजका समस्या तथा भोगाइलाई सम्बोधन गर्ने कथा चयन गर्ने     प्रयास गरिएको छ ।

- अपेक्षाकृत कलात्मक मूल्यका दृष्टिले सबल कथा चयन गर्ने प्रयास गरिएको छ ।


यस सङ्ग्रहभित्र समावेश कथाकारहरु :- 

मातृकाप्रसाद कोइराला –  पीपाको हवलदार
केशवराज पिँडाली  – नदेखिएको कथा
केशवलाल कर्माचार्य –  ससुराली जाँदा
गोविन्दप्रसाद लोहली –  चलि आएको चलन
माधवलाल कर्माचार्य –  समवेदना
भवानी घिमिरे –  आत्म – ज्वाला
सोमध्वज विष्ट –  चक्काजा
देवमणि ढकाल – कालो भूत
चूडामणि रेग्मी –  जङ्गे मास्टरको लभ
कृष्णप्रसाद सर्वहारा –  तोर्मे
माधव भण्डारी –  प्रवञ्चना
लोकेन्द्रबहादुर चन्द –  अफसर
जगदीश घिमिरे –  पहिरो
गीता केशरी –  सङ्र्ष र अप्रत्याशित खुशी
गणेश रसिक –  सन्तवीर गाउँमा छैन
दिल साहनी –  खरानी गाउँ
हरिहर खनाल –  थवाङ्को आकाशमुनि
देवीप्रसाद सुवेदी – सिपाही र जुलुस
वनमाली निराकार – दुर्भाग्यको रुवाइ
हरि अधिकारी – विकुलाल कुसाथा
अशेष मल्ल – अप्रत्याशित
पुण्यप्रसाद खरेल – जनकार्वाही
गोरखबहादुर सिंह – सुखिया र सालको पोथ्रा
नरेन्द्रराज पौडेल – रोबोटका आँखा
बाबा न्यौपाने – रतेली
बाबुराम लामिछाने  – एक टुक्रा वर्तमान
अमर शाह – राप
राजेन्द्र विमल – ऐँजेरु
सरुभक्त – ब्रह्माण्डको मृत्युपछि
कृष्ण धराबासी – झोला
घनश्याम ढकाल – छोरासँगको भेट



No comments:

Post a Comment