Monday, September 3, 2018

नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेस सम्म्मेलन ।

त्रिभुवन चन्द्र वाग्लेको फेसबुक वालबाट 

चार वर्षे कार्यकार पूरा गरी भोलि भदौ १९गतेबाट नेपाल प्रज्ञा प्रतिष्ठानका निम्न (प्राज्ञपरिषद्) को औपचारिक विदा हुनुअघि आज १८ गते आफ्नो कार्यकालको सम्भवतः अन्तिम प्रेस सम्म्मेलनमार्फत कुलपति गङ्गाप्रसाद उप्रेतीले विगतमा भए गरेका काम, उद्देश्य, लक्ष्य, सीमा र सपनाका बारेमा बेलीविस्तार लगाउनु भयो । उहाँहरुको कार्यकालमा धेरै काम भएका छन् । सबै काम हुन सभ्मव छैन, व्यक्ति वा संस्थाको जीवनमा । विभिन्न आस्थालाई प्रतिनिधित्व गर्ने उहाँहरुबीच कार्य सम्पादनमा के कस्तो सम्बन्ध रह्यो त्यो खोजीको विषय होला तर समाचारमा उहाँहरुबीच कुनै विवाद नआई चारवर्षे कायकाल सम्पन्न गर्नुहुर्ने श्री गङ्गाप्रसाद उप्रेती (कुलपति) लगायत डा.विष्णुविभु घिमिरे (उपकुलपति) र सदस्यहरू प्रा.डा. हेमाङ्ग राज अधिकारी, प्रा.दिनेशराज पन्त, डा. अमर गिरी, प्रा.डा.उषा ठाकुर, प्रा डा.ज्ञानू पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल, नर्मदेश्वरी सत्याल र सदस्य सचिव, प्रा.डा. जीवेन्द्रदेव गिरी सबैको आगामी दिन थप शिर्जनशील र सुखमय होस् भन्ने कामना गर्छु । 


नेपाल प्रज्ञा-प्रतिष्ठानको प्रेस विज्ञप्ति 






No comments:

Post a Comment